+
+

सनीले जिते ‘इन्डियन आइडल’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते ११:५२

इन्डियन आइडल सिजन ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन् । यो सिजनको सुरुवात अक्टुबर महिनाबाट सुरु भएको थियो । करिब ५ महिना चलेको यो शोको फाइनलमा ५ जना प्रतिस्पर्धी पुगेका थिए । तर, भोटिङको आधारमा सनीले चर्चित रियालिटी शोको उपाधि आफ्नो नाममा पारेका हुन् ।

यो शो जितेसँगै सनीले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । साथै, टी–सिरिजको नयाँ चलचित्रमा पनि सनीको आवाज समावेश हुनेछ । यस्तै, उनले नयाँ कार पनि पुरस्कार पाएका छन् ।

शोको सेकेन्ड रनरअप भने रोहित राउत भए । उनले नगद ५ लाख पुरस्कार जितेका छन् । यो बर्षको ‘इन्डियन आइडल’मा विशाल ददलानी, नेहा कक्कड, हिमेश रेशमिया निर्णायकको रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?