+
+

सहकर्मीलाई बलात्कार गरेको आरोपमा पूर्वअसई प्रकाउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १६:३८

१२ फागुन, काठमाडौं । सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई पक्राउ परेका छन् ।

९ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

सहकर्मी बलात्कारको आरोप लागेपछि राईले यही फागुन १ गते राजीनामा दिएका थिए । राजीनामा दिनेबेला उनी प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए ।

राईलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराइ अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?