Comments Add Comment

दिल्लीमा प्रदर्शनका क्रममा प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । भारतको दिल्लीस्थित यमुना क्रसिंग क्षेत्रमा नागरिकता संशोधन ऐनको विरूद्धमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । सोमबार भएको प्रदर्शनमा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक जना डीसीपी घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनको क्रममा प्रहरी हवल्दारको मृत्यु भएको हो । उत्तर पूर्वी दिल्लीको दश स्थानमा प्रहरीले धारा १४४ लागू गरेको छ । जफराबाद, मौजपुर, सलेमपुर र चाँदबाग क्षेत्रमा भएको प्रदर्शनले हिंसाको रुप लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले ढुँगा बर्साएका थिए भने केही स्थानमा आगजनी समेत गरेका थिए । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले निकै संघर्ष गर्नु परेको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय गृहमन्त्रीलाई शान्ति व्यवस्था कायम गर्न अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment