Comments Add Comment

भारतमा दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सामूहिक अन्त्येष्टि

१२ फागुन, विराटनगर । भारतको तामिलनाडुमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गत बुधबार राति तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको सोमबार बुढी खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।

गत बुधबार राति बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये ६ जनाको शव बागडोरा विमानस्थल हुँदै सोमबार साँझ इटहरी ल्याइएको थियो । सोमबार ल्याइएको शवको सामूहिक दाहसंस्कार गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिए ।

दुर्घटनामा इटहरी–१० का वीरबहादुर राई, बुधनी थारुनी, रासीलाल चौधरी, टीकाराम चौधरी, फुसरीदेवी चौधरी र गोपाल तामाङको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment