Comments Add Comment

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन् ।

सो अवसरमा उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए ।

मंगलबार केशर पुस्तकालय र स्वप्न बगैँचाको अवलोकनपछि प्रधानमन्त्री ओलीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिले कै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मंसीरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment