Comments Add Comment

‘आमा’ जस्तो फिल्म खेल्ने चाहना हरेक कलाकारमा हुन्छः पूजा र पल

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ले दर्शकको मन जितिरहेको छ । समिक्षकको समेत उत्कृष्ट समिक्षा पाएपछि चलचित्रकी निर्मात्री शर्मिला पाण्डे दंग छिन् । चलचित्र हेर्ने अधिकांश दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । तीन आमाको कथामा तयार भएको यो चलचित्रलाई कलाकारहरुले भने उत्कृष्ट भनेका छन् । मंगलबार काठमाण्डौको कुमारी हलमा चलचित्र हेर्न पुगेका नायक पल शाह, नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले ‘आमा’ उत्कृष्ट बनेको भन्दै सबैलाई हेर्न आग्रंह गरे ।

नायिका पूजा शर्माले दर्शकसँग हात जोड्दै भनिन्–‘म मनैदेखि सबैलाई आग्रह गर्न चाहन्छु कि आमा जस्तो चलचित्र सबैले हेर्नुहोला । किनकी, यस्तो मन छुने चलचित्र निकै कम बन्छ ।’

उनले, आफूलाई पनि ‘आमा’ जस्तो चलचित्रमा काम गर्न मन लागेको सुनाउँदै भनिन्–‘यस्तो कथामा काम गर्ने चाहना त हरेक कलाकारमा हुन्छ । किनकी, एउटा कलाकारले यस्तो चलचित्रमा आफ्नो पूर्ण अभिनय क्षमता देखाउन पाउँछ । मैले पनि कहिलेकाही निर्देशक सुदर्शन थापालाई यस्तै खालका चलचित्र बनाउन आग्रह गरिरहेको हुन्छु ।’

नायक पल शाहले पनि चलचित्रले मन छोएको बताए । उनले भने–‘आमा उत्कृष्ट बनेको छ । यसको कथाले म कती ठाउँमा भावूक भए । हरेक दर्शकले यो चलचित्रलाई मिस गर्नु हुँदैन ।’

निर्देशक सुदर्शन थापाले ‘आमा’ जस्तो चलचित्र निर्देशनको हिम्मत राख्ने निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे । उनले भने–‘यस्तो कथामा चलचित्र निर्देशन गर्ने हिम्मत जो कोही निर्देशकमा हुँदैन । ममा पनि छैन । दीपेन्द्रको कामको म तारिफ गर्छु ।’

पल, पूजा र सुदर्शनले नायिका सुरक्षा पन्तको कामको पनि खुलेर तारिफ गरेका थिए । बक्स अफिसमा सुखद व्यापार गरिरहेको चलचित्रको बलियो वर्ड अफ माउथले दर्शक बढिरहेको वितरक करण क्रेजीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment