Comments Add Comment

के गर्मी सुरु भएसँगै निस्कृय हुन्छ कोराना भाइरस ?

राजनीतिज्ञ पछि चिकित्सकको समेत दाबी

कोरोना भाइरसले यतिबेला विश्वलाई त्रसित बनाइरहेको बेलामा विभिन्न राजनीतिक क्षेत्रका मानिसहरु र चिकित्सकहरुले गर्मी मौसम सुरु भएसँगै कोरोना भाइरस निस्कृय हुने दाबी गरेका छन् । चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले यतिबेला दक्षिण कोरिया र जापान सहित मध्यपूर्वका देशहरुमा समेत यसले प्रभाव पार्न थालेको छ ।

मंगलबार मात्रै इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । उनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । इरानका कार्यबाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका उनी सरकारको प्रवक्तासँगै पत्रकारसम्मेलनमा बसिरहेको बेलामा निरन्तर खोकी लागेपछि अस्पताल लैजाँदा कोरानाको संक्रमण देखिएको हो ।

यही सन्दर्भमा अनेकानेक समाचारहरुले बजार तताउने गरेको छ । पछिल्लो समय गर्मी मौसम सुरु भएसँगै कोरोना भाइरस गर्मी मौसममा निस्कृय हुने समाचार चर्चामा छ । विश्व यतिबेला कोरोना भाइरसको उपचार खोज्मा व्यस्त छ । सोही खोजीको क्रममा केही चिकित्सकहरु एवं अन्वेषकहरूले ग्रीष्म ऋतुमा भाइरसको प्रभाव कम हुने आशा देखाएका छन् ।

विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुखहरुले समेत कोरोना भाइरसबारे चासो राख्दै यसको छिटो समाधान खोजीका लागि सरोकारवाला निकायलाई घच्घच्याईरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमै कोरोनाभाइरस अपि्रलसम्ममा अन्त्य हुने बताएका थिए । उनको तर्क यो थियो कि त्यस्ता भाइरसहरू गर्मीमा मर्छन् र यसको प्रकोप अन्त्य हुन्छ । गर्मीमा सुधारको अपेक्षा गर्ने ट्रम्प एक मात्र नेता होइनन् । बेलायतका स्वास्थ्यमन्त्री म्याट हृयान्ककले पनि ग्रीष्म ऋतुमा भाइरसको प्रसार कम हुने उल्लेख गरेका छन् ।

भारतको फोर्टिस अस्पतालको पल्मोनोलजी र स्लीप डिसअर्डर सम्बन्धी विभागका निर्देशक तथा प्रमुख विकास मौर्यले पनि यही तर्कमा जोड दिएका छन् । “कोरोनोभाइरस जंगली जनावरबाट आएको भाइरस हो । यो संक्रमण जाडोमा देखा परेको र श्वासप्रश्वाससँग जोडिएको विषय हो । उनले एक वर्षमा कम्तिमा दुई पटक भाइरल संक्रमण देखा पर्छ । एउटा मौसमको संक्रमण प्रायः अर्को मौसममा बदलिने गर्छ । त्यसैले यो पनि गृष्म ऋतुको सुरुवातसँगै अन्त्य हुने आशा उनी लगायत अरु पनि विश्लेषकहरुको छ ।

अहिले विश्वभरी आतंकित बनाएको कोरोना भाइरस चीनबाट दक्षिण कोरिया र जापान तिर सरेपछि रोजगारीको सिलसिलामा रहेका नेपालीहरु र उनीहरुका परिवारहरु अहिले त्रसित छन् । झण्डै ४४ हजार नेपाली कामदारहरु रहेको कोरियामा फैलिएको संक्रमणले नेपालीहरु समेत त्रसित छन् । अहिले कोरोना भाइरसले अफगानिस्तानसम्म प्रभावित बनाइसकेको समाचार पछि झनै कोरोना भाइरसबारे सिंगो दक्षिण एशिया त्रसित छ ।

नोबेल कोरोनाभाइरसबाट अहिलेसम्म चीनमा २५०० भन्दा बढी मानिस मरेका छन् । अहिले यो रोग दुई दर्जन बढी देशहरूमा फैलिएको छ । यसका कारण धेरै अन्तर्राष्ट्रिय व्यापार कार्यक्रमहरू रद्द गरिएको छ । यसले पर्यटनमा पनि नराम्रो असर पारेको छ । नेपालमा भ्रमण वर्षको कार्यक्रमहरु प्रभावित भएका छन् । ठमेलका बजारहरु सुनसान देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment