Comments Add Comment

‘आमा’ र ‘सेन्टी भाइरस’लाई फाइदा: दुई सातासम्म खाली हल

गत शुक्रबारबाट दुई नेपाली चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । दुबै चलचित्रको व्यापार राम्रो छ । व्यापारिक रुपमा हेर्ने हो भने ‘सेन्टी भाइरस’ले ‘आमा’लाई पछि पारेको छ । तर, समीक्षात्मक रुपमा ‘आमा’ अब्बल बनेको छ भने ‘सेन्टी भाइरस’ कमजोर बनेको छ ।

हलमा दर्शक नआइरहेको समयमा यी दुई चलचित्रले दर्शक फर्काउन भने सफल भएका छन् । दर्शक फर्काएका यी चलचित्रलाई अर्को पनि फाइदा छ । आगामी दुई साताको लागि कुनै पनि प्रतिक्षित नेपाली चलचित्र हलमा लाग्ने छैनन् ।

यस साताको शुक्रबार चलचित्र ‘धुलो’ रिलिजको तयारीमा रहेको छ । तर, यस चलचित्रले मल्टिप्लेक्स हलमा कुनै पनि शो पाएको छैन । त्यसको फाइदा ‘आमा’ र ‘सेन्टी भाइरस’लाई नै पुग्नेछ ।

फागुन २३ गतेको शुक्रबार पनि कुनै नेपाली चलचित्र हलमा छैनन् । २३ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने तय भएको थियो । तर, सोही मितिमा बलिउड चलचित्र ‘बाघी ३’ रिलिज हुने भएपछि ‘म यस्तो गीत गाउँछु २’ पछाडि सर्‍यो ।

उक्त मितिमा ‘बाघी ३’ रिलिज भएपनि त्यसले पनि ‘आमा’ र ‘सेन्टी भाइरस’लाई फाइदा नै पुर्‍याउने छ । कसरी भने, ‘बाघी ३’ हेर्न हलमा पुगेका दर्शकको ‘ओभरफ्लो’ आमा र सेन्टी भाइरसले पाउने छन् । ‘बाघी ३’ हेर्न हल पुगेका दर्शकले ‘बाघी ३’को टिकट नपाएपछि ‘आमा’ वा ‘सेन्टी भाइरस’ हेर्न पुग्छन् ।

तसर्थ, दुबै चलचित्रको लागि दुई सातासम्म मैदान खुल्ला छ । यो खुल्ला मैदानमा दुबै चलचित्रले कत्तिको फाइदा उठाउने छन् त ? के दुई सातासम्म यी चलचित्रले दर्शकलाई हलमा तान्न सक्लान् त ? त्यो भने उनीहरुको चलचित्र र चलचित्रको विषयवस्तुले निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment