
काठमाडौं । हङकङले स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर नगद बाँड्ने भएको छ । यो रकम १० वर्ष उमेर कटेका हरेक स्थायी बासिन्दाले पाउनेछन् ।
लगातारको आन्दोलनसँगै हङकङको अर्थतन्त्र निकै प्रभावित भएको छ । अहिले आन्दोलन सिथिल भएको छ तर कोरोना भाइरस देखिएको छ ।
हङकङमा अहिलेसम्म ८० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।
त्यसैले सरकारले आर्थिक समस्यासँग जुध्न आफ्ना स्थायी बासिन्दालाई नगद बाड्ने भएको हो । यसअनुसार करिव ७० लाख मानिसले १० हजार हङकङ डलरका दरले रकम पाउनेछन् ।
हङकङको आर्थिक मामिलासम्बन्धी उच्च अधिकारी पाउल चानका अनुसार सार्वजनिक आवासको भाडा घटाउने तथा सम्पत्ति करमा छुट दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4