Comments Add Comment

थाइल्याण्ड जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी टि-२० इस्टर्न रिजन खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले टोलीलाई बिदाइ गरे ।

आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित ५ टिमले खेल्नेछ । नेपाली टोली भोलि थाइल्याण्ड जानेछ ।

एसिया कपको प्रारम्भिक छनोटको रुपमा समेत रहेको यस प्रतियोगितामा नेपाल, मलेसिया, सिंगापुर, हङकङ र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा किशोर महतो पहिलो पटक टिममा परेका हुन् ।

नेपालले पहिलो खेल शनिबार मलेसियासँग खेल्नेछ ।

राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिम मलेसियामा हुने एसिया कप छनोटमा छानिनेछन् । जसमा चार टोलीले प्रतिस्पर्धा गर्नेछ । यसअघि नै वेष्टर्न रिजनबाट युएई र कुवेत एसिया कप छनोटमा पुगिसकेका छन् । छनोट खेल्ने ४ टिमबाट विजेता एसिया कप टी२० मा छनोट हुनेछ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले एसियाको कपमा पुग्नको लागि यो महत्वपूर्ण प्रतियोगिता भएको बताए । यस्तै राखेप सदस्य सचिव रमेश सिलवालले पनि नेपाली टोलीले ईस्टर्न रिजनमा राम्रो प्रदर्शन गर्ने विश्वास गरे । उनले नेपनलको लागि यो सहज रहेको तर बढी आत्मविश्वासी हुन नहुने बताए ।

क्यान सचिव अशोकनाथ प्याकुरेलले अहिले कोरोना भाइरसको संक्रमणको हल्ला रहेकोले त्यसबाट सुरक्षित रहन टिमलाई आग्रह गरे ।

यस्तै प्रतियोगिता खेलाउन नेपाली अम्पायर सन्जय गुरुङ पनि थाइल्याण्ड जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment