+
+
Shares

दुई भलिबल खेलाडी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते ११:४२

१५ फागुन, काठमाडौं । सन्जय स्मृति प्रतिष्ठानले भलिबल खेलाडीद्वय चन्द्र कुँवर र विनीता बुढाथोकीलाई नगदसहित सम्मान गरेको छ ।

पाल्पा तानसेनमा रहेको प्रतिष्ठानले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खेलाडीद्वयलाई ३०/३० हजारका दरले सम्मानित गरेको हो ।

कुँवर १२ औं सागलगायत विभिन्न प्रतियोगिता खेलेका खेलाडी हुन् । एक दशकदेखि उनी घरेलु भलिबल खेलेको नेपाल पुलिसबाट खेल्दै आएका छन् ।

नेपालले तीनपटक सागमा कास्य जित्दाको सदस्य रहेकी विनिता पछिल्लो दुईपटक कप्तान थिइन् । पूर्वाञ्चलबाट खेल करियर सुरु गरेकी उनी सन् २०१३ यता नेपाल क्लबमा आबद्ध छिन् ।

एक दशकअघि स्थापना भएको सन्जय स्मृति फाउन्डेसनले खेलक्षेत्रमा योगदान पुर्याउने खेलाडी सम्मान गर्दै आइरहेको छ । यसअघि प्रतिष्ठानबाट ४ खेलाडी सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?