Comments Add Comment

तपाईंको फेसबुक अकाउन्ट अरूले खोलिरहेको त छैन ? यसरी लगआउट गर्नुहोस्

यदि तपाईंले कुनै साइबर क्याफे वा अरू कसैको डिभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा दुखद् पनि हुनसक्छ ।

तपाईंको फेसबुक कुनै अनधिकृत व्यक्तिले चलाउने, दुरूपयोग गरी विभिन्न अनावश्यक पोष्टहरू गर्ने तथा पासवर्ड पत्ता लगाएर ह्याक गर्ने जोखिम पनि हुन्छ । कहिलेकाहीँ तपाईंले लगआउट गर्न भुलेको तपाईंको फेसबुक अकाउन्ट अर्को मान्छेले चुपचाप हेरिरहेको र तपाईंको जासूसी गरिरहेको पनि हुनसक्छ ।

यस्तो डरबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले फेसबुकमा रहेको एउटा फिचरको सहयोग लिन सक्नुहुन्छ ।

उक्त फिचरको सहयोगले तपाईंले कहाँ–कहाँ आफ्नो फेसबुक लगइन गर्नुभएको छ र कुन डिभाइसमा अहिले सम्म पनि लगआउट भएको छैन भन्ने थाहा पाउन सक्नुहुन्छ । साथै एक क्लिकमै ती सबै डिभाइसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट पनि गर्न सक्नुहुन्छ ।

यसका लागिः

– स्मार्टफोनमा रहेको फेसबुक एपमा आफ्नो फेसबुक लगइन गर्नुहोस् र सेटिंग्समा जानुहोस्

– त्यहाँ रहेको सेक्योरिटी अप्सनमा जानुहोस् र त्यसभित्र रहेको सेक्योरिटी एण्ड लगइन नामक अप्सनमा ट्याप गर्नुहोस्

– त्यहाँ तपाईंले Where you are logged in नामक खण्ड देख्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो फेसबुक लगइन भएका सबै डिभाइसको सूचि देख्नुहुनेछ ।

– यदि ती डिभाइसमध्ये कुनै डिभाइसमा तपाईंको फेसबुक अहिलेपनि लगआउट भएको छैन अर्थात् एक्टिभ छ भने त्यहाँ रहेका तिनवटा थोप्लाको चिन्हमा ट्याप गरी एक एक गरेर लगआउट गर्न सक्नुहुन्छ ।

– यदि सबै डिभाइसमा एकैचोटी फेसबुक लगआउट गर्न चाहनुहुन्छ भने Log out of all sessions अप्सन छान्न सक्नुहुन्छ ।

डेस्कटपका लागि

· वेब ब्राउजरमा फेसबुक खोलेर आफ्नो अकाउन्टमा लगइन गर्नुहोस्

· टप ब्यानरमा रहेको ड्रपडाउन एरोमा क्लिक गरी Settings अप्सनमा जानुहोस्

· सेटिंग्स पेजभित्र बायाँ भागमा Security and Login अप्सनमा क्लिक गर्नुहोस्

· त्यसपछि Where you are logged in खण्डमा क्लिक गर्नुहोस् जहाँ तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको सूचि देखिन्छ ।

· ती सबै डिभाइसबाट तपाइँले एकएक गरी वा एकैपटक लगआउट गर्न सक्नुहुन्छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment