Comments Add Comment

‘मेरो गाउँ, मेरो ठाउँ’को भिडियो अब अन्तर्राष्ट्रिय डबलीमा 

आफ्नो गाउँ-ठाउँलाई पर्यटयिक मूल्यसँग जोड्ने अभियान ‘मेरो गाउँ-मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई अन्तर्राष्ट्रिकरण गर्न गैर आवसिय नेपाली संघले सहकार्य गरेको छ । आयोजक संस्था वि विल राइज फाउन्डेसन र गैर आवसिय नेपाली संघवीच हालैमात्र उक्त सम्झौता भएको हो ।

‘नेपालीका लागि नेपाली’ भन्ने भावनाका साथ विश्वका ८० बढी मुलुकमा सक्रिय गैर आवसयि नेपाली संघले उक्त अभियानलाई विश्वका नेपालीमाझ पुर्‍याउने आयोजकको विश्वास छ । संघका उपाध्यक्ष एवं व्यापार, उद्योग तथा नेपाल प्रवर्द्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले भने, ‘ओझेलमा परेका आफ्नो गाउँ-ठाउँ विश्वका नेपालीमाझ पुर्‍याउन र त्यस क्षेत्रको सामाजिक-आर्थिक उन्नतीमा ठोस योगदान पुर्‍याउन हाम्रो सार्थक साथ रहनेछ ।’

मेरो गाउँ-मेरो ठाउँ प्रतियोगिता अन्तर्गत खुला रुपमा जो-कोहीले आफ्नो क्षेत्रको भिडियो निर्माण गर्न सक्नेछन्, जसले पर्यटकिय संभावना बोकेको छ । भूगोल मात्र होइन, खानपान, संस्कृति पनि यसमा समेटिनेछन् । यसरी प्राप्त भिडियोमध्ये विभिन्न विधामा छनौट गरी पुरस्कृत गरिनेछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । यसपाली छनौटमा परेका वा पुरस्कार जित्न सफल भिडियोलाई अन्तर्राष्ट्रिय डबलीमा प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment