Comments Add Comment

मदन भण्डारी स्मृति ठमेल रोड रेस फागुन २४ मा

काठमाडौं । दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसिप २०२० अर्को हप्ता हुने भएको छ । रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा च्याम्पियनसिप यही फागुन २४ गते हुने भएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर राख्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आकर्षण गर्दै आर्थिक प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

पाँच किलोमिटरको रोड रेसमा करिब १५ सय धावकले सहभागिता जनाउने आयोजकले जनाएको छ । लैनचौरस्थित फुटबल मैदानबाट बिहान ७ बजे सुरु हुने रेसमा महिला-पुरुष खुला ५ किमि, स्कुलस्तरिय ५ किमि र भेट्रान्स ५ किमि दौड समावेश गरिएको छ ।

खुलातर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशस् नगद २५ हजार, १२ हजार र ८ हजार रुपैयाँका साथै प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै स्कुलस्तरको रेसमा शीर्ष तीनले क्रमशः नगद १५ हजार, ८ हजार र ५ हजार तथा भेट्रान्सतर्फका खेलाडीहरुले १०, ५ र ३ हजार रुपैयाँ पाउनेछन् ।

रेस लैनचौर फुटबल मैदानबाट सुरु भई दुग्ध डेरी, लैनचौर ब्याङ्गक्वेट, राजदरबार उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्राहालय, महेन्द्र शालिक, रत्नपार्क, दरवार हाईस्कुल, कान्तिपथ, केशरमहल, संचयकोष भवन, नरसिंह चोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस हुँदै फुटबल मैदानमा पुगेर समापन हुनेछ ।

रेसमा नेपालका पहिलो पदक दिलाउन सफल अन्तर्राष्ट्रिय धावक जितबहादुर केसी र दक्षिण एशियाली खेलकुदमा म्याराथनमा तीन स्वर्णसहित किर्तिमान कायम राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने आयोजक संस्था रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment