+
+
Shares

विराटनगरमा सडक बढार्न ब्रुमरको प्रयोग 

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १२:५४

१६ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सडकको धुलो बढार्न ब्रुमरको प्रयोग गर्न थालेको छ । खरिद गरेको डेढ वर्षसम्म थन्किएको ब्रुमर महानगरपालिकाले प्रयोग गर्न थालेको हो ।

२०७५ असोजमा महानगरपालिकाले ५५ लाख रुपैयाँमा ब्रुमर खरिद गरेको थियो । तर दक्ष जनशक्ती अभावका कारण प्रयोगमा आएको थिएन् ।

सडकहरु कालो पत्रे भएका कारण ब्रुमरको प्रयोग गर्न थालिएको मेयर भीम पराजुलीले बताए ।
महानगरका सफाइ कर्मचारीलाई ब्रुमर सप्लाई गर्ने कम्पनीका प्रतिनिधि जाकिर हुसैनले तालिम दिइरहेका छन् ।

महानगरमा १ सय ५० किलोमिटर कालोपत्रे सडक तयार भएको छ । कालोपत्रे सडकको सफाइका लागि ब्रुमर प्रयोग गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?