+
+
Shares

दोश्रो हप्तामा ‘आमा र सेन्टी भाइरस’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १५:५९

गत हप्तादेखि रिलिजमा आएका चलचित्र ‘आमा र सेन्टी भाइरस’ दोश्रो सातामा प्रवेश गरेका छन् । चलचित्र ‘आमा’ वर्ड अफ माउथका कारण बलियो देखिएको छ । चलचित्रको वर्ड अफ माउथका कारण यसको दोश्रो साताको व्यापार सुखद हुने देखिएको छ । चलचित्रको शनिबारको बुकिङ राम्रो देखिएको छ ।

दीपेन्द्र के खनालको लेखन, छायांकन र निर्देशनमा बनेको यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् ।

चलचित्रका निर्देशक दीपेन्द्र के खनालले दोश्रो साताको शुक्रबार चलचित्रको व्यापार राम्रो रहेको भन्दै शनिबार पनि आक्रामक हुने विश्वास व्यक्त गरे ।

यस्तै, आजैबाट अर्को चलचित्र ‘सेन्टी भाइरस’ पनि दोश्रो सातामा प्रवेश गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले पहिलो सातामा राम्रै व्यापार गरेको छ । चलचित्रको वर्ड अफ माउथ भने मिश्रित छ ।आजैबाट नयाँ नेपाली चलचित्र ‘धुलो’ रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?