
१६ फागुन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडक-खण्डको सिद्धबाबामा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ।
गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो।
बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए ।
उपचारका लागि उनलाई भरतपुर लगिएको थियो । ढुंगाले लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ । श्रेष्ठ रेसुंगा नगरपालिका-८ का नेपाली कांग्रेसका वडासभापति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4