Comments Add Comment

चिनियाँ पौडीबाज याङलाई ८ वर्षको प्रतिबन्ध

तीन पटक ओलम्पिक स्वर्ण विजेता चिनियाँ पौडीबाज सन याङलाई ८ वर्षको प्रतिबन्ध लगाइएको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को अपिललाई स्वीकार गर्दै याङलाई ८ वर्षको प्रतिबन्ध लगाएको हो ।

२०१८ को सेप्टेम्बरमा डोपिङ टेष्टमा परे यता याङले खेलेका छैनन् ।

चाइना स्वीङ एसोसिएसन र फिनाले २८ वर्षीय याङले कुनै पनि एन्टी डोपिङ नियम नतोडेको जनाएको थियो । तर वाडाले त्यसको विरुद्ध कासमा अपिल गरेपछि कासले प्रतिबन्ध सुनाएको हो ।

याङले दोस्रो पटक नियम उल्लंघन गरेको पाइपछि उनलाई ८ वर्षको प्रतिवन्ध लगाइएको हो । यसअघि सन् २०१४ मा प्रतिवन्धित ओषधि प्रयोग गरेकोले उनलाई ३ महिनाको प्रतिबन्ध लगाइएको थियो ।

सन याङले सन् २०१२ को लण्डन ओलम्पिकमा ४०० मिटर फ्रिस्टायल र १५०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेका थिए । यस्तै २०१६ को लण्डन ओलम्पिकमा २०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment