Comments Add Comment

एसीसी इस्टर्न रिजन टी२० क्रिकटमा नेपाल र मलेसिया भिड्दै

१७ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० प्रतियोगितामा शनिबार नेपाल र मलेसिया भिड्दैछन् ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेलमा नेपालले पहिले बलिङ गर्दैछ । खेल थाईल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुँदैछ ।

थाइल्याण्ड जानुअघि नेपालले काठमाडौंमा १० दिनको तयारी गरेको थियो । विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिका सम्मिलित ट्राई सिरिज खेलेको नेपालले थोरै समय तयारी गर्न पाएको हो ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

कुल खेल : ७

नेपाल विजयी : ६

मलेसिया विजयी : १

२००७ एसीसी टी२० कप

नेपाल २१ रनले विजयी

२००९ एसीसी टी२० कप

मलेसिया ६ विकेटले विजयी

२०१३ एसीसी टी२० कप

नेपाल १९ रनले विजयी

२०१८ आईसीसी विश्वकप टी२० एसिया रिजन क्वालिफायर बी

नेपाल ८ विकेटले विजयी

२०१९ नेपाल इन मलेसिया टी२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

तर निरन्तर क्रिकेट खेलिरहेकोले टिम इस्टर्न रिजनका लागि तयार रहेको कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले थाइल्याण्ड जानुअघि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment