Comments Add Comment

सेयर बजार राताम्मे, एक घण्टामै ३९ अंकले घट्यो (अपडेट)

१९ फागुन, काठमाडौं । साताको दोस्रा दिन सोमबार पनि सेयर बजारमा पहिरो झर्ने संकेत देखिएको छ । आइतबार ४० दशमलव ८२ अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार कारोबार खुलेसँगै ओरालो लाग्न शुरु भएको छ ।

कारोबार खुलेको पहिलो घण्टामा नेप्से परिसूचक ३९ अंकले घटेको छ । यो आइतबारको तुलनामा २.४९ प्रतिशतले कमी हो । नेप्से परिसूचकमा ओरालो लागे पनि सेयर कारोबार भने उल्लास कायमै देखिएको छ ।

एक घण्टामा एक अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक घण्टामा ८ हजार ९ सय ९ वटा काराेबारबाट २३लाख ९ हजार ५ सय ८२ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार काराेबार रकम एक अर्ब ९ कराेड रूपैयाँ पुगेकाे छ ।

सबैसमहूहरू राताम्मे देखिएका छन् । सबैभन्दा धेरै बैंक उपसमूह २.९३ अंकले अाेरालाे लागेकाे छ । याे अपडेट १२ः०० बजेसम्मकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment