Comments Add Comment

विमानस्थलले रोक्यो भिजिटर पास, विमानस्थल क्षेत्रभित्र जाँदा मास्क अनिवार्य

१९ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलका महाप्रवन्धक दवेन्द्र केसीले जानकारी दिए । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु पर्ने भएकाले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास बन्द गरिएको उनले जानकारी दिए ।

विमानस्थल कार्यालयले अब विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन सर्वसाधारणलाई आह्वान समेत गरेको छ । यात्रुलाई ल्याउन र पुर्‍याउन आउने मानिसले समेत अनिवार्य मास्क लगाउनु पर्ने नियम ल्याइएको महाप्रवन्धक केसीले उल्लेख गरेका छन् ।

कोरोनाको संक्रमण नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको र विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो नियम ल्याउनु परेको विमानस्थल कार्यालयको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment