+
+
Shares

उपराष्ट्रपतिले गरे सार्वजनिक कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १९:२३

१९ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् ।

उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न आइतबार नै निजी सचिवालयलाई निर्देशन दिएका छन् ।

उपराष्ट्रपति पुनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिएका छन् ।

अब सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको सार्वजनिक जानकारी नगराएसम्म अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने प्रेस संयोजक घर्ती मगरले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

उपराष्ट्रपति पुनले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको योजनामा सघाउन अपील गर्दै नआत्तिई सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?