+
+
Shares

एनआईसी एशियाको नयाँ शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते २०:४४

१९ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आफ्नो  ५५ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले श्री गोपाल कृष्ण बुढामगरलाई नियुक्ति गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आˆनो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सकिनेछ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?