+
+
Shares

नेकपा प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते ९:४५

२० फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।

सरकारले ठूला सभा समारोह, भोजभतेर लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।

प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको अनलाइनखबरलाई बताए ।

नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सोमबार झापामा हुँदै थियो । कार्यकर्ता भेला तथा प्रशिक्षण बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम थियो । कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरु बिर्तामोड पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?