Comments Add Comment

कोरोनाका कारण ‘पेरिश फेसन विक’मा सहभागी भइनन् दीपिका

नायिका दीपिका पादुकोण फ्रान्सको राजधानी पेरिसमा आयोजना भैरहेको ‘पेरिस फेसन विक’मा सहभागी हुन जाने कार्यक्रम रद्द भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले आफ्नो फ्रान्स यात्रा रद्द गरेकी हुन् ।

उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा थिइन् । फ्रेवुअरी २४ बाट फ्रान्सको राजधानी पेरिसमा सुरु भएको यो फेसन शो मार्च ३ सम्म चल्नेछ ।

दीपिकाका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘दीपिका फेसन विकमा सहभागी हुन जाने निश्चित भएको थियो । तर, कोरोना भाइरसको महामारीले फ्रान्समा समेत पकड जमाएकाले उनको यात्रा रद्द गरिएको छ ।’

नायिका पादुकोण नयाँ चलचित्र ‘८३’मा देखिने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment