Comments Add Comment

दुई भारतीय कम्पनीका औषधि बिक्री वितरणमा रोक

२० फागुन, काठमाडौं । गुणस्तरमा शंका उत्पन्न भएको भन्दै सरकारले दुई वटा औषधीको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधी व्यवस्था विभागले मंगलबार भारतीय कम्पनी अट्सुका फर्मास्युटिकल्स प्रालिले उत्पादन गर्ने मेट्रिस/मेट्रोनिडाजोल (ब्याच नम्बर ११८७३६०) र एक्यूलाईफ हेल्थकेयर प्रालिले उत्पादन गर्ने कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन आइपी (ब्याच नम्बर १एच८२९३६) को बिक्री वितरणमा रोक लगाएको हो ।

विभागले सोमबार अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि ती औषधीहरूमा रोक लगाएको हो । विभागका महानिर्देशक नारायण ढकालले जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको अस्पतालमा ती औषधिमा खराबी देखिएको कुरा आएपछि तत्काललाई बिक्री वितरणमा रोक लगाएको जानकारी दिए । उनले भने, ‘हामी अहिले जाँच गरिरहेका छौ, रिर्पोट नआउन्जेलसम्मका लागि रोक लगाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment