+

गेलले भने ‘गेल स्ट्रोम’का लागि तयार हुनुस्

२०७६ फागुन  २० गते १६:३३ २०७६ फागुन २० गते १६:३३
गेलले भने ‘गेल स्ट्रोम’का लागि तयार हुनुस्

२० फागुन, काठमाडौं । यही मार्च १४ (चैत १) देखि काठमाडौंमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० को चौथो संस्करण आयोजना हुँदैछ ।

जसमा विश्व टी २० का बादशाह वेष्ट इन्डिजका क्रिस गेल पनि आउँदैछन् । गेललाई पोखरा राइनोजले अनुब्नध गरिसकेको छ । त्यतिखेरै गेलले भिडियो सन्देशबाट आफू नेपाल आयर खेल्न आतुर रहेको  र नेपाली समर्थकलाई आफ्नो खेल हेर्न तयार हुन आग्रह गरेका थिए ।

ईपीएलको खेल तालिका सार्वजनिक भइसकेको छ । अब प्रतियोगिता शुरु हुन दुई हप्ता भन्दा कम समय बाँकी छ । पोखरालगायत अन्य फ्रेन्चाइजले पनि विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी छ । यसैबीच मंगलबार गेलले दुई ट्वीट गर्दै पुन: गेल स्ट्रोमको लागि तयार हुन आग्रह गरेका छन् ।

उनले पहिलो ट्विटमा आफू नेपाल आउन आतुर रहेको उल्लेख गरेका छन् । ‘ईपीएलका लागि नेपाल आउन थप कुर्न सक्दिन । हजारौं नेपाली दर्शकको सामु खेल्न आतुर छु’ गेलले लेखेका छन्, ‘मेरो पहिलो भ्रमण अनि (कोङ्दे) सगरमाथामा पुगेर पहिलो सट हान्न उत्सहित छु ।’

यस्तै गेलले लगत्तै दोस्रो ट्वीट गर्दै गेल स्ट्रोमको लागि तयार हुन भनेका छन् । ‘मार्च ४ देखि टिकट खुल्ला हुनेछ । त्यसैद्ये गेल स्ट्रोमका लागि तयार हुनुस् । इपीएलका लागि तपाईको टिकट बुक गर्नुस् र बोसले खेलेको हेर्न तयार हुनुस् । मार्च १४ देखि इपीएल शुरु हुँदैछ ।’

गेल मार्च १२ मा नेपाल आउने उनको टिम पोखराले यसअघि नै जानकारी गराइसकेको छ । यस्तै ईपीएल २०२० को उद्घाटन खेलमै पोखरा राइनोजले साविक विजेता तथा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्ससंग खेल्नेछ ।

त्यसैले गेलले पहिलो खेल नै खेल्ने सम्भावना बढी छ । पोखराले गेलसंगै वेष्ट इन्डिजकै बलर केसरिक विलियम्स र स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुनसेलाई विदेशी खेलाडी कोटामा अनुबन्ध गरिसकेको छ ।

पोखरामा विनोद भण्डारी, पृथु बास्कोटा, सुनिल धमला, सुशन भारी, किशोर महतो, ऋत गौतम जस्ता खेलाडी छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय