Comments Add Comment

विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव नगर्न सरकारको आग्रह

कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ भित्र सक्न आग्रह

२० फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसको  संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको छ ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो ।

त्यसका लागि कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न पनि सूचनामा  भनिएको छ ।

शिक्षा सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकारवाला पक्षलाई बोलाएर सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment