Comments Add Comment

प्रियंकाको प्रष्टिकरणः मेरी आमा आधा भारतीय, आधा नेपाली

भारतीय संस्कारअनुसार विवाह गरेको विषयमा उत्पन्न विवादमा नायिका प्रियंका कार्कीले मुख खोलेकी छिन् । आफूहरु दुलाहा–दुलही दुवैको मावली पुर्खा भारतीय भएकाले विवाहमा भारतीय संस्कार मिसाइएको उनको प्रष्टिकरण छ ।

प्रियंकाले इन्स्टाग्राममा लेखेको स्टाटस यस्तो छः

‘हामीले दुवै परिवारको आमापट्टिको पुर्खालाई सम्मान गर्न भारतीय र नेपाली संस्कार मिश्रण गरेका हौं । मेरी आमा रक्षा मल्होत्रा आधा नेपाली र आधा पञ्जाबी हुनुहुन्छ । हाम्रो नानाजी (आमापट्टिको हजुरबा) पञ्जाबी हुनुहुन्छ र हाम्रो परिवार अमृतसर र हरियाणामा छ ।

यसैगरी, आयूष्मानको आमाको हजुरबा पनि पञ्जाबी हुनुहुन्छ । उहाँको देशराज थर त्यतैबाट आएको हो । त्यसैले मानिसहरु कहाँबाट आएका हुन् भन्ने बुझ्न कोशिष गर्नुहोला ।’

प्रियंका र नायक आयुष्मान देशराज जोशीबीच शुक्रबार विवाह भएको थियो । विवाहमा दुवैले भारतीय पोशाक लगाएका थिए भने प्रियंकाको श्रृंगार पनि भारतीय शैलीको थियो । उनीहरुले भारतीय संस्कार नक्कल गर्दै संगीत सेरेमोनी र मेहेन्दी सेरेमोनी आयोजना गरेका थिए ।

यो पनि पढ्नुहोस् : प्रियंका-आयूष्मानको बिहे भारतीय संस्कारमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment