Comments Add Comment

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै छिन्नमस्तामा धार्मिक अनुष्ठान

२० फागुन, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पीठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो ।

नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको बताए ।

मन्दिरका पीठाधीश ठाकुरले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभ तथा दीर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठानअन्तर्गत दुई दिनसम्म भजनकीर्तन, अष्टयाम, हवनसहित विशेष पूजापाठ गरिने बताए । उनले भने, ‘माता छिन्नमस्ताले प्रधानमन्त्रीलाई रक्षा गर्ने छिन् ।’

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिँदैछ । उनी सोमबार नै अस्पताल भर्ना भइसकेका छन् ।

ओली अस्पताल भर्ना हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पशुपतिनाथले रक्षा गरुन् भन्दै स्वास्थ्यलाभको कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment