Comments Add Comment

बागमती प्रदेशसभामा पनि गाँजासम्बन्धी विधेयक दर्ता

२० फागुन, हेटौंडा । बागमती प्रदेशसभामा पनि गाजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ ।  प्रदेश सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा सोमबार बागमती प्रदेशसभामा विधेयक दर्ता गरेका हुन् ।

उक्त विधेयक प्रदेशसभा सचिवालयमा  ५३ नम्बरमा दर्ता भएको छ । यसअघि सोमबार संघीय संसदको प्रतिनिधिसभामा पनि गाजासम्बन्धी विधेयक सांसद शेरबहादुर तामाङले दर्ता गरेका थिए ।

प्रदेश सांसद स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाजालाई आम्दानीको स्रोत बनाउने बाटो खुल्ला गर्न विधेयक दर्ता गरेको बताए ।

उनले विधेयक सातै प्रदेश सभामा दर्ता गर्ने तयारी रहेको बताए । समृद्ध  नेपाल र सुखी नेपालीको नारालाई यही पालामा सार्थक बनाउन व्यवस्थित र नियमनकारी निकाय गठन गरेर सरकारले खेतीलाई वैधानिकता दिनुपर्ने सांसद स्थापितले बताए ।

गाजालाई औषधिको रुपमा प्रयोग गर्न सकने विश्व स्वास्थ्य संगठनले प्रमाणित गरे पनि नेपालमा अझै प्रतिबन्धित अवस्थामा राख्न नहुने उनको भनाइ छ । ‘अब यसलाई आन्दानीको स्रोतका रुपमा प्रयोग गर्नुपर्छ त्यही लागि हाम्रो प्रयास हो’ उनले भने ।

बागमती प्रदेशका १३ वटै जिल्ला गाजा खेती हुने ठाउँ भएकाले यहाँको प्रदेशसभामा पनि विधेयक दर्ता गरेको सांसद स्थापितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment