+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

डा. केसीद्वारा डडेल्धुरा अस्पतालमा निशुल्क सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १९:४५

२० फागुन, डोटी । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विगतमा पटक पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिन सुरु गरेका छन् ।

मंगलबार डडेल्धुरा अस्पताल पुगे लगत्तै डा. केसीले सेवा दिन सुरु गरेका हुन् । उनले अस्पतालमा भर्ना भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका छन् । डा. केसीले डडेल्धुरा अस्पतालमा दुई महिना निशुल्क काम गर्ने बताएका छन् । मंगलबारदेखि अनौपचारिक सेवा दिन सुरु गरेका उनले बुधबारदेखि अस्पतालमा स्वंमसेवकको रुपमा कामको थालनी गर्ने बताए ।

डडेल्धुरामा रहँदा उनले अनशन बस्ने वा नबस्ने निणर्य पनि लिने संकेत समेत गरेका छन् । ‘अहिले डडेल्धुरा अस्पतालबाट म सेवा दिन आएको हुँ, अरुपछि कुरा गरौंला,’ डा. केसीले भने, ‘म दुई महिना स्वयंसेवकको रुपमा काम गर्छु ।’ अस्पतालबाट कुनै सेवा सुविधा नलिने उनले बताए ।

डा. केसी पछिल्लो अनशन डडेल्धुरामा बसेका थिए । आफूसँग भएका सहमतिहरु सरकारले कार्यान्वयन नगरेको भन्दै उनले गत कात्तिक १८ गतेदेखि १७ औँ पटक अनशन डडेल्धुरामा सुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछिको उक्त पहिलो अनशनमा डा. केसीले यहाँ नौ दिन बिताएका थिए ।

सोही समयमा भारतले नेपाली भूमि कलापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको भन्दै देशमा बिभिन्न समूहले बिरोध गर्न थालेपछि डा केसीले राष्ट्रियताका लागि एकजुट हुन सबैलाई आग्रह गर्दै अनसन स्थगित गरेका थिए । अनससन स्थगनपछि काठमाडौं गएका डा केसी यस पटक भने स्वास्थ्य स्वयंसेवकको रुपमा डडेल्धुरा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?