+
+
Shares

बुटवलमा औद्योगिक तथा पर्यटन महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १०:३२

२१ फागुन, बुटवल । बुटवलमा प्रथम प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि व्यापार एवं पर्यटन महोत्सव सुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश-५ को आयोजनामा सुरु भएको प्रादेशिक स्तरको महोत्सवको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै उनले उद्योगहरुको बजारीकराणको लागि मेला महोत्सव आयोजना हुनु सकारात्मक रहेको बताए ।

एफएनसीसीआई महिला उद्यमी समिति केन्द्रिय अध्यक्ष शिवा उपाध्याय (अञ्जु)ले महिलाहरुको आयोजनामा मात्रै मेला सञ्चालन गर्न सक्नु ठुलो उपलब्धी रहेको बताइन् ।

प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ति शर्माले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको दिगो वजारमा पहुँच स्थापित गर्न मेलाले सघाउने विश्वास व्यक्त गरिन् ।

महोत्सवमा कृषि वन पैदावार, हस्तकला, उर्जा, वायोग्याससहित प्रर्यटन प्रवर्द्धनका स्टलहरु रहेका छन् ।

बुटवल उपमहानगरपालिका वडा न ११ देवीनगर रंगशाला नजिकैको खुल्ला मैदानमा सञ्चालन भइरहेको महोत्सवमा एक करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?