Comments Add Comment

नेपाल आउने औषधि नरोक्न उद्योगमन्त्री भट्टको भारतसँग आग्रह

२१ फागुन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल निर्यात हुने औषधि र यसका कच्चा पदार्थ नरोक्न भारतको वाणिज्य मन्त्रालयलाई आग्रह गरेका छन् ।
भारतको वाणिज्य मन्त्रालयले २६ प्रकारका औषधि र यसका कच्चा पदार्थको निर्यात रोक्ने घोषणा गरेको भोलिपल्ट मन्त्री भट्टले टेलीफोनमार्फत यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भारतका वाणिज्य सचिव डा. गुरुप्रसाद मोहपत्रसँग भएको टेलिफोन कुराकानीमा उनले सहजीकरण गर्ने बचन दिएको मन्त्री भट्टको सचिवालय प्रमुख हितेह ओझाले अनलाईखबरलाई बताए ।

बुधबार नै नेपालमा औषधिको वर्तमान मौज्दात र आपूर्ति अवस्थाबारे सरोकारवालासँग मन्त्री भट्टले बुधबार मन्त्रालयमा छलफल गरेको पनि ओझाले बताए । प्रारम्भिक छलफलमा तीन महिनाका लागि पुग्ने औषधी मौज्दात रहेको सरोकारवालाहरुले बताएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment