+
+
Shares

भक्तपुरमा मानव कंकाल भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते ८:४४
फाइल तस्वीर

२२ फागुन, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प नजिक मानव कंकाल भेटिएको छ । अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कंकाल भेटिएको हो ।

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनले पुरुषको लुगा, टाउको र शरीरको अन्य अंगहरुको टुक्रा भेटिएको बताए । तर सो कंकाल कसको हो भन्ने पत्ता लागेको छैन ।

प्रारम्भिक अनुसन्धानमा सो कंकाल पुरुषको भएको अनुमान गरिएको छ । थप अनुसन्धानका लागि सो कंकाललाई बुधबार साँझ साढे ६ बजे त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?