Comments Add Comment

कोरोना प्रभाव: छायांकन रोक्न निर्माता संघको अनुरोध

कोरोना भइरसको त्रासका कारण नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण चलचित्रको छायांकन रोक्न आग्रह गर्दै विज्ञप्ती जारी गरेको छ । चलचित्रको छायांकन सेटमा कोरोनाको जोखिम बढि हुने भन्दै सम्भव भएसम्म छायांकन रोक्न निर्माता संघले आग्रह गरेको छ ।

सरकारले मेला-महोत्सव, जमघट तथा जात्रा जस्ता कार्यहरु नगर्न आग्रह गरिरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै निर्माता संघले छायांकन रोक्न आग्रह गरेको हो ।

विज्ञप्तीमा लेखिएको छ कि, ‘नेपाल सरकारबाट कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध भएको हुदाँ हामी चलचित्रकर्मीहरु देश र जनताप्रति उत्तरदायी, समाजको संवाहको रुपमा विम्वित हुने हुदाँ यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुने जोखिम न्युनिकरणको लागि आफ्नो तह र तप्काबाट आममानिसमा सचेतना जागृत गराउनका सबैमा अनुरोध छ ।’

छायांकन भइरहेका चलचित्रको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ-आफ्नो चलचित्र छायांकन रोक्न पनि निर्माता संघले अनुरोध गरेको छ ।

अहिले सिमित चलचित्रमात्र छायांकनमा छन् । चलचित्र ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ लगायत चलचित्रहरु फ्लोरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment