Comments Add Comment

प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्तामा डिस्चार्जको तयारी


२२ फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको शरीरमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले अस्पतालको प्रत्यारोपण उपचार कक्षमा रहेका उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिब्या सिंहका अनुसार ओली खतरामुक्त छन् ।

अहिलेसम्म स्वस्थ्य राम्रो रहेको र आगामी दिनमा पनि नराम्रो हुनुपर्ने कुनै कारण नभएको भन्दै उनले भनिन्, ‘जुन हिसाबले सुधार भएको छ, त्यस हिसाबले पाँचौं दिनमा डिस्चार्ज गर्ने गरेका छौं । तर प्रधानमन्त्रीको त्यहाँ (बालुवाटार) गएपछि त्यति आराम हुँदैन । त्यसैले एक हप्ता राख्ने विचार गरेका छौं ।’

डा. सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई एक महिनासम्म हाइ डोजको औषधी दिइनेछ ।

त्ययपछि क्रमशः डोज कम गरिनेछ । हाइ डोजको औषधी चलाउँदासम्म नजिक धएर भेटघाट र कुराकानी गर्न रोक लगाइने चिकित्सकहरुले बताएका छन् । डिस्चार्ज भएपछि पनि समयमा खाना खाने, समयमा सुत्ने र आराम गर्नुपर्ने डा. सिंहले बताइन् । उनले भनिन्, ‘एक महिनासम्म सामिप्यमा आएर कुरा गर्न रोक लगाइनेछ ।’

प्रत्यारोपणमा शिक्षण अस्पतालका १६ जना डाक्टर र अस्पतालका अरु स्टाफको संलग्नता थियो ।

डा. सिंहका अनुसार ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट तीन जना चिकित्सकसमेत बोलाइएको थियो । उनले भनिन्, ‘हामी विश्वस्त थियौं किनकी हामीले गरिराखेको काम हो । कुनै पनि कमी नहोस् भनेर मैले नै बोलाएकी हुँ ।’

भारतबाट बोलाइएका चिकित्सक १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गर्नेहरु नै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment