+
+
Shares

कोरोनाको त्रास : वैद्य माओवादीको संगठन विस्तार अभियान स्थगित

डाक्टर, नर्स र औषधिको व्यवस्था मिलाउन सरकारसँग माग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १०:०६

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सञ्चालन गर्दै आएको चार महिने ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ स्थगित गरेको छ ।

कोरोना भाइरसका कारण पैदा हुन सक्ने संभावित खतराका कारण अभियान १५ दिनका लागि स्थगित गरिएको महासचिव मोहन वैद्य (किरण)ले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र जवस तथा मोर्चाहरुले संयुक्त रुपमा अभियान सञ्चालन गर्दै आएका थिए ।

पार्टी महासचिव वैद्यले कोरोना संक्रमणको सम्भावित खतराबाट जोगिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन क्षेत्रको व्यवस्था गर्न तथा आवश्यक डाक्टर, नर्स र औषधिको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?