Comments Add Comment

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

२३ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको लामीडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ म्यालधाराकी ५५ वर्षीया मधु श्रेष्ठ रहेकी छन् । घाइते हुनेमा सोही ठाउँका मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ रहेका छन् । मृतक मधु घाइते हिमालको श्रीमाती रहेको प्रहरीले जनाएको छ ।

लु.२ ख ३१७८ नम्बरको टिपरले लु.७ प ४३४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान तानसेन नगरपालिका–७ लामीडाँडास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुबै जना घाइते भएका थिए ।

उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभाष लैजाने क्रममा मधुको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हिमालको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment