
Photo Credit : तस्वीरः विनय दाहाल
२४ फागुन, काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई विद्यालयले अवकास दिएको छ ।
काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ र ७ का ३४ विद्यार्थीको हात चिर्न लगाएकी थिइन् ।
राम्रो नम्बर नल्याउने विद्यार्थीहरुलाई बिहीबार बेञ्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकले दण्ड दिने कार्यलाई निरुत्साहित गर्दै शिक्षकहरुबाट दण्डरहीत शिक्षणको सम्मान गर्दै सीतालक्ष्मीलाई शुक्रबारको मितिबाट लागू हुने गरी अवकास दिने निर्णय गरेको प्रिन्सिपल राजनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4