Comments Add Comment

पाकिस्तानी पूर्वक्रिकेटर सक्लान मुस्ताक नेपाल आउँदै

२५ फागुन, काठमाडौं । पाकिस्तानी पूर्व क्रिकेटर सक्लान मुस्ताक नेपाल आउने भएका छन् । उनी वाईवाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) को निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

जिएचसीएले आगामी अप्रिल १४ देखि २१ सम्म मास्टरक्लास विथ सक्लान मुस्ताक कार्यक्रम सञ्चालन गर्दैछ र रत्यसैका लागि मुस्ताक नेपाल आउने जिएचसीएले जनाएको छ ।

पाकिस्तानका लागि टेस्ट तथा एकदिवसीय क्रिकेट खेलेका खेलाडी मुस्ताक गत वर्ष इंग्लयाण्डले विश्वकप जित्दा बलिङ कोच थिए । उनले न्यूजिल्याण्ड, वेस्टइण्डिज, अस्ट्रेलिया, पाकिस्तान र बंगलादेश लगायतको क्रिकेट टिमसँग काम गरिसकेका छन् ।

बलिङमा ‘दुस्रा’ को शुरुवात उनै मुस्ताकले गरेका थिए । हफ ब्रेक एक्सनमा लेग ब्रेक बलिङ फाल्नुलाई दुस्रा भनिन्छ ।

सक्लान काठमाडौंमा रहँदा ‘मास्टर क्लास विथ सक्लान मुस्ताक’ सञ्चालन हुने र त्यसमा भाग लिन इच्छुक बलर, ब्याट्सम्यान आफ्नो नाम दर्ता गर्न सिकने जीएचसीएले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment