Comments Add Comment

प्रदेशका मन्त्रीलाई भुसालको आग्रह-नीति र कार्यक्रमको पुनर्संरचनामा सहयोग गर्नुस्

२५ फगुन, काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले कृषिको नीति, कार्यक्रम र योजानहरुको पुर्नसंरचना गर्न प्रदेश सरकारसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

काठमाडौंमा आइतबारबाट सुरु भएको सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवहरुसँगको छलफलमा मन्त्री भुसालले यस्तो धारणा राखेका हुन् ।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगरी कृषिका कार्यक्रम चलाईँदा कार्यक्रमहरुले उपलब्धी प्राप्त नगरेको भन्दै उनले आगामी नीति, कार्यक्रम, योजना र बजेट ल्याउन पिक्षिय सहकार्य अनिवार्य भएको बताए ।

‘अहिलेसम्म कृषिमा चल्दै आएको अभ्यास र कार्यक्रमले नेपालको कृषिको विकास हुन सकेको छैन, त्यसैले अब कृषिका सबै नीति, कार्यक्रम र योजनाहरुको पुनर्संरचना गर्नुपर्छ,’ छलफलमा मन्त्री भुसालले भने ।

छलफलको पहिलो सत्रमा बजेट निर्माणदेखि कार्यन्वयनसम्म प्रत्यक्ष रूपमा तीन वटै सरकार सहकार्य गरेर अगाडि बढ्ने निश्कर्ष निक्लिएको मन्त्री भुसाले बताए । छलफल सोमबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment