Comments Add Comment

यी हुन् मानव इतिहासकै धनी मान्छे, जो सुन बाँड्दै हिँड्थे

अहिले विश्वका सबैभन्दा धनी मानिसको नाम के हो ? भनेर सोधियो भने सायद धेरैलाई थाहा छ होला । अमेजन कम्पनीका सीईओ जेफ बेजोस । उनी विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा छन् ।

हामीलाई यो पनि थाहा छ कि बेजोसभन्दा अगाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स धेरै वर्षसम्म विश्वको एक नम्बर धनाढ्य थिए ।

धन सम्पत्ति भन्ने कुरा थपिने र घट्ने भइरहन्छ । त्यसैले समयअगाडि बढ्दै जाँदा नयाँनयाँ धनाढ्यहरु थपिन्छन् र धन सम्पत्तिमा पुरानालाई पछि पार्दछन् ।

तर मानव इतिहासमा एकजना यस्ता व्यक्ति थिए, जसको धन सम्पत्तिको कीर्तिमान अहिलेसम्म कसैले पनि भंग गर्न सकेको छैन । उनको सम्पत्ति यतिधेरै थियो कि त्यसको आकलन गर्न पनि गाह्रो थियो ।

मानव इतिहासकै सबैभन्दा धनी मानिने ती मानिसको नाम हो–मनसा मुसा प्रथम ।

उनी तत्कालीन अफ्रिकी राज्य टिम्बकटूका राजा थिए । वर्तमान समयमा टिम्बकटू भन्ने ठाउँ अफ्रिकी देश मालीको एक सहर हो ।

ती राजाले शासन गर्ने समयमा मालीमा सुनको विशाल भण्डार थियो । उनको शासनकालमा त्यहाँ वर्षदिनमा १ हजार किलो सुन उत्पादन हुन्थ्यो ।

उनको खास नाम मुसा किटा प्रथम थियो । तर राजा बनेसँगै उनलाई मनसा मुसा भन्न थालियो । मनसाको अर्थ बादशाह भन्ने हुन्थ्यो ।

मनसाको सम्पत्ति यतिधेरै थियो कि त्यसको हरहिसाब र अनुमान गर्न पनि गाह्रो थियो । आफ्नो २५ वर्षे शासनकालमा उनले कैयन् मस्जिदको निर्माण गराए । चर्चित जिंगारेबेर मस्जिदको निर्माण उनैले गरेका हुन् ।

एकपटक मुसा आफ्नो राजर्षी दलबलसहित मक्का मदिनाको यात्रामा निस्किएका थिए । राजाको टोलीमा झण्डै ६० हजार मानिस सामेल थिए । जसमा १२ हजार त उनका निजी रक्षकहरु नै थिए । उनको घोडाको अगाडि ५ सय जनाको एउटा ठूलो दस्ता थियो जोसँग सुनका लठ्ठी थिए ।

राजाको सवारीमा ८० वटा उँटको एउटा जत्था पनि थियो । हरेक उँटलाई १ सय ३६ किलो सुन बोकाइएको थियो ।

राजा मुसा मिश्रको कायरोको बाटो हुँदै मक्कातर्फ गएका थिए । उनले कायरोमा ठूलो परिमाणमा सुन दान गरेका थिए । दानमा पाएको सुनका कारण कायरोबासीहरू धनी भए । उनले यतिधेरै सुन दान गरेछन् कि त्यसले कायरोमा उपभोग्य वस्तुहरुको मूल्यवृद्धि अत्यधिक भएको थियो भन्ने कुरा इतिहासमा उल्लेख छ ।

मनसा मुसाले सन् १२८० देखि १३३७ सम्म शासन गरेका थिए । निकै समृद्ध राज्यका राजा भएका उनले शक्तिशाली सैनिक तयार गरी विभिन्न २४ वटा राज्यहरूलाई पराजित गरी आफ्नो देशमा समाहित गरेका थिए ।

ती राजासँग तत्कालीन समयमा भएको धन सम्पत्ति अहिलेको मूल्यमा गणना गर्दा गणनै गर्न नसकिने अंकमा रहेको इतिहासकारहरू बताउँछन् । सन् २०१२ मा एक अमेरिकी वेबसाइटले मनसा मुसाको सम्पत्तिको अहिलेको मूल्यमा ४ खर्ब डलर रहेको उल्लेख गरेको भएता पनि आर्थिक इतिहासकारहरू भने उनको सम्पत्ति अहिले यत्ति नै थियो भनेर भन्न नसकिने बताउँछन् ।

मनसा मुसा मात्र होइन, विश्वको इतिहासमा अरु केही त्यस्ता धनाढ्यहरु पनि थिए जसको सम्पत्तिको अनुमान गर्न पनि मुस्किल पर्दथ्यो ।Money.com  का अनुसार मानव इतिहासका सबैभन्दा धनी १० व्यक्ति यी हुन्ः

–  Mansa Musa (1280-1337, king of the Mali empire) wealth indescribable

–  Augustus Caesar (63 BC-14 AD, Roman emperor) $4.6tn (£3.5tn)

–  Zhao Xu (1048-1085, emperor Shenzong of Song in China) wealth incalculable

Akbar I (1542-1605, emperor of India’s Mughal dynasty) wealth incalculable

–  Andrew Carnegie (1835-1919, Scottish-American industrialist) $372bn

–  John D Rockefeller (1839-1937) American business magnate) $341bn

–  Nikolai Alexandrovich Romanov (1868-1918, Tsar of Russia) $300bn

–  Mir Osman Ali Khan ( 1886-1967, Indian royal) $230bn

–  William The Conqueror (1028-1087) $229.5bn

–  Muammar Gaddafi (1942-2011, long-time ruler of Libya) $200bn

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment