Comments Add Comment

भारतीय कांग्रेस महासचिवद्वारा राजीनामा

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका मध्यप्रदेश महासचिव ज्योतिरादित्य सिंधियाले पार्टी छाडेका छन् । लामो समयदेखि पार्टीप्रति असन्तुष्ट सिंधियाले अध्यक्ष सोनिया गान्धीलाई राजीनामा पठाएका थिए ।

सोमबार राजीनामा बुझाएका उनले मंगलबार यसबारे सार्वजनिक जानकारी दिएका हुन । राजीनामा पत्रमा उनले लेखेका छन्, ‘कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु, राजीनामा दिने कुरा एक वर्षअघिदेखि नै सुरु भएको थियो ।’

आफ्नो जीवनको मुख्य उदेश्य भनेको राज्य र देशका जनताको सेवा गर्नु रहेको भन्दै सिंधियाले भनेका छन्, ‘मलाई लागि रहेको छ, कांग्रेस पार्टीमा रहेर यो काम गर्न सक्ने अवस्था छैन ।’

सिंधियाले अगाडि लेखेका छन, ‘जनता र कार्यकर्ताहरुको आकांक्षा पूरा गर्नका लागि राजीनामा नै उपयुक्त ठानेको छु । त्यसैले त्यो भन्दा अगाडि बढेर एउटा नयाँ सुरुवात गर्नुपर्छ ।’

कांग्रेसले भने ज्योतिरादित्य सिन्धियालाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पार्टीका महासचिव केसी भेणुगोपालले एक विज्ञप्ति जारी गर्दै सिंधियाले पार्टी विरोधी गतिविधि गरेका कारण सिंधियालाई निष्कासन गर्न पार्टी अध्यक्ष सोनिया गान्धीले मन्जुरी दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment