Comments Add Comment

प्रिन्स विश्व वरीयताको सातौं स्थानमा

काठमाडौं । नेपाली ब्याटमिन्टनमा युवा स्टारको छवी बनाएका प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा छलाङ मार्दै सातौं स्थानमा उक्लेका छन् ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) बुधबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी तीन स्थान सुधार गर्दै सातौंमा पुगेका हुन् ।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडी र प्रिन्स कै यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

यसअघि उनी १०औं स्थानमा थिए । प्रिन्सले भर्खरै युरोपमा दुई वटा जुनियर प्रतियोगिता खेलेका थिए । नेदरल्याण्ड्समा भएको डच जुनियर र जर्मनीमा भएको जर्मन जुनियरमा उनी अन्तिम १६ सम्म पुगेका थिए ।

पछिल्लो समय विदेशमा विभिन्न जुनियर प्रतियोगिताहरु खेलिरहेका प्रिन्सले २०२० मा वरीयतामा निकै सुधार गरिरहेका छन् । यस वर्ष उनले ६ प्रतियोगिता खेलिसकेका छन् ।

नयाँ वरीयता अनुसार प्रिन्सको १० हजार चार सय अंक छ ।

जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् । यस्तै भारतका मेइराबा लुवाङ दोस्रो स्थानमा छन् । एक स्थान सुधार गरेका मलेसियाका कोक जिङ होङ तेस्रोमा छन् भने भारका वरुण कपुर चौथो स्थानमा झरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment