Comments Add Comment

यस्तो टापु जहाँ महिलालाई स्वागत, तर पुरुषलाई नो इन्ट्री

फिनल्याण्डमा एउटा यस्तो टापु छ, जहाँ पुरुषहरूलाई जान प्रतिबन्ध लगाइएको छ ।

उक्त अनौठो टापुको नाम सुपरशी आइल्याण्ड हो । फिनल्याण्डको बाल्टिक सागरनजिकै रहेको यो टापुमा केवल महिलाहरू मात्र जान पाउनेछन् ।
यही वर्षदेखि यो टापु मानिसहरूका लागि खुल्ला हुनेछ । तर त्यहाँ केवल महिलाहरू मात्र जान पाउनेछन् ।

अमेरिकाकी एक महिला व्यापारी क्रिस्टिना रोथले यो टापु खरीद गरेकी हुन् । ८.४७ एक्कड क्षेत्रफलमा फैलिएको उक्त टापुलाई महिलाको मात्र गन्तव्य बनाउने योजना छ ।

क्रिस्टिना लामो समयदेखि यस्तो ठाउँको खोजीमा थिइन् जहाँ केवल महिलाहरू आएर आफ्नो बिदा मनाउन सकून् । महिलाहरूले त्यस ठाउँमा कुनै पनि समस्या भोग्नु नपरोस् । त्यही खोजीमा भौतारिँदै गर्दा उनी आफैंले सन् २०१७ मा खरीद गरेको टापुलाई नै आफ्नो इच्छा मुताविकको ठाउँ बनाउने फैसला गरिन् ।

त्यो टापुमा महिलामैत्री फिटनेस, पोषण, खेलकुद, स्पा, साउनालगायतका सबै सुविधा हुनेछन् । अहिले त्यहाँ व्यापक रूपमा निर्माणकार्य भइरहेको छ ।
टापुमा रहेको भव्य रिसोर्टमा ४ वटा क्याबिन हुनेछन्, जसमा १० जना महिलाहरू आरामसँग बस्न सक्नेछन् ।

उक्त रिसोर्टको एउटा क्याबिनका लागि पाँचदिनको ७ लाख रूपैयाँ सम्मको मूल्य तिर्नुपर्नेछ ।

उक्त टापुमा बस्न जानका लागि नाम दर्ता गराएर स्काइपीबाट अन्तरवार्ता दिनुपर्नेछ । अन्तरवार्तामा उत्तीर्ण भएमात्रै पालो पर्खेर त्यहाँ जान पाइनेछ ।

के पुरुषसँग आफूलाई घृणा भएर क्रिस्टिनाले महिलामात्र जान पाउने टापु बनाउन लागेकी हुन् त ? होइन । आफूलाई पुरुषसँग कुनै वितृष्णा नभएको र भविष्यमा उक्त टापुलाई पुरुषका लागि समेत खुल्ला गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment