Comments Add Comment

कांग्रेस छाडेका सिंधिया भाजपा प्रवेश

२७ फागुन, काठमाडौं । ज्योतिरादित्य सिंधिया भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् । भाजपा अध्यक्ष जगतप्रकाश (जेपी) नड्डाले दिल्लीस्थित पार्टी मुख्यालयमा उनलाई पार्टी सदस्यता प्रदान गरे ।

उनले मंगलबार कांग्रेस परित्याग गरेका थिए ।

भाजपा प्रदेश गरेपछि उनले कांग्रेससँग १८ वर्ष पुरानो नाता तोड्नुको कारण खुलाए । उनले भने, ‘मेरो पिता र पछिल्लो १८/१९ वर्षमा मैले भारतीय कांग्रेस पार्टीमार्फत श्रद्धाका साथ प्रदेश र देशको सेवा गर्ने कोशिश गरें । तर आज मन दुःख्छ । किन कि आज जुन स्थिति उत्पन्न भएको छ, म यो भन्नसक्छु कि त्यो संगठनबाट जनसेवाको लक्ष्य पूरा हुन सकेको छैन ।’

उनले अघि भनेका छन्, ‘अहिले कांग्रेसमा जुन स्थिति छ, त्यो कांग्रेस पार्टी आज छैन, जुन पहिले थियो ।’

२०१८ मा मध्य प्रदेशमा कांग्रेसको सरकार बनाउँदा जुन सपना देखेको थियो, त्यो पूरा नभएको उनले बताए । १० दिनभित्र किसानको ऋण मिनाह गर्ने बाचा १८ महिनासम्म पूरा नभएको भन्दै उनले भने, ‘मध्य प्रदेशमा भ्रष्टाचारको नयाँ बाटो खुलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment