Comments Add Comment

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना संक्रमण, चार जना क्वारेन्टाइनमा

फाइल तस्वीर

२६ फागुन, तान्जानिया । अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । ‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले भनिन्, ‘उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनुपर्ने अवस्था छैन ।’

नेपाली सोसाइटी अफ तास्मानियाले संक्रमणबाट बच्न भेला तथा भोज आयोजना नगर्न आग्रह गरेको छ ।

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले पनि विज्ञप्ति जारी गर्दै लनसिस्टनमा रहेका नेपाली समुदाय भाइरसका कारण आत्तिनुपर्ने स्थिति नआएको बताएको छ ।

तर विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सोसाइटीका अध्यक्ष ओमकुमार मगरले भाइरसका कारण लनसिस्टनका नेपाली समुदायमा आइपर्न सक्ने जस्तोसुकै स्थितिलाई सहजीकरण गर्न आफूहरु तयार रहेका बताए ।

यस्तै क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ । दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment