Comments Add Comment

रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने

२८ फागुन, काठमाडौं । नेपाल प्रहरीका भुतपूर्व डीआईजी रमेशप्रसाद खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ अघि बढाउने भएका छन् । उनको नेतृत्वमा सुरु हुन लागेको अभियानको बिहीबार घोषणा गर्ने कार्यक्रम छ ।

खरेलले फेसबुकमा स्टाटस लेख्दै यसको जानकारी दिएका हुन् । त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनले सबै शुभेच्छुक र समर्थकलाई आमन्त्रण गरेका छन् ।

खरेलले यसअघि ‘हाम्रो नेपाली हाम्रो नेपाल’ नामको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । तर युवा अभियन्ता ज्ञानेन्द्र शाहीसँग कुरा नमिलेपछि अन्तिम समयमा उनी सो अभियानबाट पछि हटेका थिए ।

खरेलको नयाँ अभियानमा देवेन्द्र सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादवलगायत छन् । खरेलले यो अभियान राजनीतिक नभई पूर्णरुपमा सामाजिक हुने बताए ।

‘हामीले राजनीति गर्न होइन, सुशासनका लागि सरकारलाई घच्घच्याउन र जनतालाई शशक्तिकरण गर्न अभियान सुरु गर्न लागेका हौं,’ उनले भने । भोलिको कार्यक्रममा संगठनको अवधारणापत्र सार्वजनिक गरिने छ ।

नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेका खरेलले डेढ वर्षअघि राजीनामा दिएका थिए । अवकाशपछि उनी सामाजिक क्रियाकलापमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment