Comments Add Comment

कोरोना फैलिएको ८ देशबाट घर फर्किँदै हुनुहुन्छ ? संक्रमण नभएको प्रमाण चाहिन्छ

२६ फागुन, काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएको ८ देशबाट नेपाली नागरिक घर फर्किँदा पनि कडाई गर्ने भएको छ । यसरी आउँदा कोरोना संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ, जुन जारी भएको सात दिन कटेको हुनुहुन्न ।

सरकारले कोरोनाको संक्रमण धेरै देखिएको चीनका साथै इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको छ । त्यहाँका नागरिक नेपाल आउन चाहे नेपाली दूतावास वा नियोगमा कोरोना भाइरसको संक्रमण नभएको भनेर जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र बुझाउनुपर्छ, अनि मात्र भिसा पाउन सक्छन् । र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर मात्र नेपाल प्रवेश गर्न सक्छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार उल्लेखित ८ देशमा रहेका नेपाली घर फर्किँदा पनि कोरोना संक्रमण नभएको भनि जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र पेश गर्नुपर्छ ।

यसरी आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिने मन्त्री ढकालले बताए । ‘उनीहरुका लागि चीनबाट ल्याएका विद्यार्थीहरुलाई जस्तो सरकारले क्वारेन्टाइनमा राख्दैन’ उनले भने, ‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।’

यसअघि सरकारले अनअराइभल भिसा दिन रोक लगाएपनि नेपाली फर्किन कडाइ गरेको थिएन । विमानस्थलमा ज्वरो जाँच गर्दा नदेखिए छाड्ने गरिएको थियो ।

दक्षिण कोरियाबाट फर्केका केही नेपालीमा कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल पुगेका थिए । तर उनीहरुमा संक्रमण पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment